इटालीमा तिन साता थपियो लकडाउन

सांकेतिक तस्बिर

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । पछिल्लो समय इटालीमा संक्रमण र मृत्युदर बढ्दो छ । कोरोना भाइरसलाई सामान्य रुपमा लिदा यहाँ भयावह स्थिति नै बनिसकेको छ ।

इटालीमा मृतक संख्या १८ हजार ८ सय ४९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ४७ हजार ५ सय ७७ पुगेको छ । स्वास्थ्य लाभ गर्नेको संख्या भने ३० हजार ४ सय ४५ रहेको छ । बढ्दो संक्रमणलाई मध्यनजर गर्दै इटालीमा लकडाउनको समय तिन साता अझै लम्ब्याइएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।

इटालीमा मार्च ९ देखि अप्रिल ३ सम्म लकडाउनको घोषणा गरिएको थियो । लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो अझै पनि इटालीमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नरोकिएको कारण यसलाई थप २१ दिन बढाएर मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्