विदेश । पछिल्लो समय विश्व नै कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट ग्रसित छ । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको यो भाइरस पछिल्लो समय विश्वका अधिकांस देशमा फैलीएको छ । यसको संक्रमणलाई रोक्न विश्वका अधिकांस देश ‘लकडाउन’ मा छन् । एक मानिसबाट अर्को मानिसमा रोग सर्ने भएकाले नै विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार यतिबेला विश्वका अधिकांस देश लकडाउन गरिरहेको छ । कोरोना भाइरसको संक्रमण पछिल्लो समय संयुक्त राज्य अमेरिका , स्पेन र इटालीमा बढ्दो छ ।
साथै , भारतमा पनि कोरोना संक्रमितको संख्या र यसबाट मृत्यु हुनेको संख्या बढ्दो नै छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या ६ हजार ७ सय २५ पुगेको छ । भने , यहाँ मृत्यु हुनेको संख्या २ सय २७ छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । त्यसमध्ये महाराष्ट्र सबैभन्दा प्रभावित बनेको छ । महाराष्ट्रमा अहिलेसम्म यो एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन् । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । (एजेन्सी)










