फिल्म । निर्देशक एसएस राजमौलीले पछिल्लो फिल्म ‘आरआरआर’ को काममा व्यस्त छन् । जुनियर एनटिआर र राम चरणसँगै बलिउडबाट अजय देवगन र आलिया भट्ट जस्ता अलकार लिएर ‘आरआरआर’ लाई निर्देशक राजामौलीले तयार गरिरहेका छन् । आउँदो वर्षको जनवरीमा रिलिज गर्ने तयारी रहेको फिल्मको मोसन पोष्टर रिलिज भईसकेको छ ।
तर , ‘आरआरआर’ पछी के गर्दैछन् त राजामौली ? भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने उनले साउथ इण्डियन फिल्मकै अर्का स्टार महेश बाबुसँग काम गर्ने तयारीमा छन् । यसै फिल्म मार्फत महेशले बलिउडमा पनि इन्ट्री गर्ने चर्चा छ । उनि बलिउडका दर्शकमाँझ परिचित त छन् तर उनको फिल्म साउथ इन्डियामा रिलिज भएको केहि समयपछी मात्र हिन्दी डबिङ भएर आउने गरेको छ । तर अब महेश बाबुले एकै पटक बलिउडमा पनि फिल्म रिलिज गर्ने तयारी गरेका छन् । उनले राजमौलीसँग प्रि-प्रोडक्सनको काम थालिसकेका छन् । फिल्म ‘बिग बजेट’ को हुनेछ तर ऐतिहासिक कथावस्तु भने नहुने महेश बाबुले एक अन्तर्वार्तामा बताएका छन् । (एजेन्सी)











