फिल्म । निर्माण समय देखि नै फिल्म ‘आरआरआर’ पर्खाइमा छ । बाहुबली सिरिजपछि निर्देशक एसएस राजमौलीले निर्देशन गरेको फिल्म भएकोले पनि पर्खाई हुनु स्वाभाविक नै हो । ‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्वभर चर्चामा रहेका निर्देशक राजमौलीले नयाँ फिल्म आरआरआर अर्थात् ट्रिपल आरमा जुनियर एन्टीआर र राम चरणलाई लिएर काम गरिरहेका छन् ।
पछिल्लो समय टलिउडका दुई ठुला स्टार एकसाथ काम गरेको यो ठुलो फिल्म हो । त्यसो त निर्देशक राजमौली पनि आफैमा एक ब्राण्ड बनिसकेका छन् । सायद यसैकारण यसफिल्मको स्याटेलाइट र डिजिटल राइट्स एक सय बत्तीस करोडमा बिक्रि भएको छ । बलिउडका सिंघम अजय देवगन पनि फिल्ममा देखिदै छन् । उनले फिल्मको छायाँकन गत जनवरीमा सकाएका थिए ।
पछिल्लो समय कोरोना भाइरसको कारण छायाँकनको लास्ट सेड्युल रोकिएको फिल्मको नाम ‘आरआरआर’ त सबैलाई थाहा छ । केहि भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने , यसको पुरा नाम ‘रघुपति राघव राजाराम’ राखिएको छ । यसकै सानो रुप ‘आरआरआर’ लाई मिडियामा ल्याइएको हो । फिल्ममा अजय , राम चरण र जुनियर एन्टीआर दाजुभाई हुने संकेत पनि आएको खबरले गरेको छ । फिल्ममा यी तिनकै वरपर घुम्ने छ ।
तिन सय करोडको बजेटमा तयार भईरहेको फिल्मले स्याटेलाइट र डिजिटल राइट्स मार्फत नै आधा लगानी उठाएको छ । निर्देशक राजमौलीले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘आरआरआर’ को रिलिज डेट सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्म आउँदो वर्षको जनवरी ८ मा रिलिज गर्ने तयारी थालेको छ । (एजेन्सी)












