चप संघमा सिटौलाको नेतृत्व

फिल्म । नेपाली रङ्गका विभिन्न विधामा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको सोमबार भएको ८ औं महाधिवेशनबाट अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । उनले ७० मत प्राप्त गर्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनका प्रतिद्धन्द्धी डब्बु क्षेत्रीले ३९ मत ल्याउँदा अध्यक्षका अन्य दुई उम्मेदवार गीता अधिकारी र अनिल यादवले १४–१४ मत ल्याएका थिए । बिक्रम संवत २०७० सालमा छैठौँ महाधिवेशनमा संघको कार्यसमितिमा सचिब हुँदै प्रवेश गरेका सिटौलाले त्यसपछि भएको सातौँ अधिवेशनमा संगठन उपाध्यक्षमा निर्विरोध भएका थिए । पदाधिकारीकै रुपमा दुई कार्यकाल संघमा विताएका सिटौलाको नेतृत्वमा आएको कार्यसमितिले आउँदो तिन वर्षसम्म संघ हाक्नेछ ।

यसैगरी उपाध्यक्ष संगठन तर्फ कुवेर डंगोल निर्विरोध चयन भए । तिन उपाध्यक्ष रहने संघमा महिला उपाध्यक्षमा पनि दीपज्योति थापा निर्विरोध चयन भइन् । यसैगरी उपाध्यक्ष कार्यक्रम तर्फ जीवन पराजुली विजय भए । पराजुलीले ७४ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी कुवेर गिरीले ६३ मत पाएका थिए । त्यस्तै, महासचिवमा समिर बलामी विजयी भए । उनका प्रतिद्धन्द्धी बैकुण्ठराज पराजुलीले ५० मत पाउँदा समिरको पक्षमा ८८ मत खसेको थियो । सर्वाधिक मत प्राप्त गर्दै सचिवमा रघुनाथ सापकोटा विजयी हुँदा समावेशी सचिवमा विशाल राई निर्विरोध चयन भए । रघुनाथले १०५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी राम खड्का (आकाश) को पक्षमा ३१ मत खसेको थियो । त्यस्तै, कोषाध्यक्षमा प्रदीप कार्की निर्विरोध चयन भए भने सह-कोषाध्यक्षमा कुमार आचार्यलाई पराजित गर्दै विनोद पोखरेलले जित हासिल गरे । विनोदले ६२ नट ल्याउँदा कुमारले ६१ मत मात्र ल्याउन सफल भए ।

यसैगरी संघको सदस्यमा सर्वाधिक मत नविन गिरीले प्राप्त गरेका छन् । उनको पक्षमा १०० मत खसेको थियो । त्यस्तै, सदस्यमा मनिष दाहाल (८३), गोपीकृष्ण चापागाईं (७५), मिलन ढुंगाना (७६), आशिष ओली (६९), सृष्टि पोखरेल (६६) विजयी भए । सुरक्षा भट्टराई (महिला सदस्य) पदमा निर्विरोध हुँदा दीपक गुरुङ (समावेशी) पनि सदस्य पदमा निर्विरोध विजयी भएका थिए । खुल्ला तर्फ ६ सदस्य रहने प्रावधान रहेकोमा ९ उम्मेदवार थिए । अन्य उम्मेदवार मदन रिजाल (५४) , श्यामहरि शिवाभाक्ति (५५) र सुरज पौडेल (५३) मत प्राप्त गरेका थिए । चलचित्र पत्रकार संघ, नेपालले तीन वर्षका लागि नयाँ कार्यसमिति पाएको हो । नव निर्वाचित अध्यक्ष सिटौलाले आफुले शाखालाई अझै विस्तार गर्ने र आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै पत्रकारितालाई मर्यादित बनाउनेमा जोड दिएका छन् ।

तस्बिरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्