हेलम्बू पुगिन् टोनी

तस्बिर : सामाजिक सञ्जाल

देश । मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपालमा छिन् । बिहिबार नेपाल आइपुगेकी टोनीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । तीन दिन लामो भम्रण तय गरेर नेपाल आइपुगेकी टोनी सिन्धुपालचोकको पर्यटकीय गाउँ हेलम्बु पुगेकी छन् । मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बू गाउँपालिकाको इचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्न अनुष्का र पूर्व मिस नेपाल शृङ्खला खतिवडासहित टाेनी शुक्रबार बिहानै हेलम्बु पुगेकी हुन्।

हेलिकप्टरमार्फत बिहान इचोक गाउँ ओलिएकी टोनीले हेलम्बूमा निर्माणधिन ‘ग्रेट टेल’को अवलोकन समेत गरिन् । नेपाल भ्रमणमा टोनीसँगै रहेका मिस वर्ल्डको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेसलाई स्थानीय हेल्मोे समूदायले भव्य स्वागत गरेका थिए । मिस नेपाल अनुष्काले सञ्चालन गरेको परियोजना बारे जानकारी दिने कार्यक्रममा झण्डै एक घण्टा सहभागिता जनाएर उनी आजै आजै काठमाडौं फर्किने छन् ।

मिस नेपाल आयोजक संस्था हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा ‘भिजिट नेपाल २०२०’ को निम्तो स्वीकार गर्दै जमैकाकी टोनी नेपाल आएकी हुन् । टोनी नेपाल आउनुको मुख्य उद्येश्य भनेको मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवाडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्नु हो । यसकै लागि नै उनि सिन्धुपाल्चोकको हेलम्बु पुगेकी हुन् । त्यसपछि टोनी मकवनपुर पुग्ने तय भएको छ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्नको लागि उनी मकवनपुर जान लागेकी हुन् । दुबै मिस नेपालले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को टाइटिल हात पारेका थिए ।

कमेन्ट गर्नुहोस्