फिल्म । हलिउड झैँ बलिउडमा ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् निर्देशक रोहित शेट्टीले । उनले ‘सिंघम’ बाट निर्माण गर्ने यो युनिभर्समा सिम्बा हुँदै सूर्यवंशीले पनि इन्ट्री गरिसकेका छन् । भारतीय पुलिसको बहादुरीको कथालाई पर्दामा देखाउने निर्देशक रोहितले आफ्नो आउँदो फिल्म ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भएसंगै चर्चा बढ्दो छ । पछिल्लो समय सोसल ड्रामामा देखिदै आएका अक्षयलाई एक पटक पुनः एक्सन अवतारमा रोहितले प्रस्तुत गरेका छन् ।
अक्षयका दर्शकलाई पनि यसको प्रतीक्षा हुन् सक्छ । फिल्म रिलिजकै क्रममा अक्षयले आफ्नो भावना साटेका छन् । एक पत्रकारको जिज्ञाषामा अक्षयले पछिल्लो समय प्रविधिले कामलाई सहज बनाएको बताए । थाइल्याण्डमा खिचिएको एक दृश्यमा अक्षय बाइक हुँदै हेलिकप्टरमा चढ्छन । यो दृश्यमा जोखिम हुँदा हुँदै पनि अक्षयले गरे । ‘सबसे बडा खिलाडीमै यस्ता दृश्य गरेको थियो तर त्यसबेला सुरक्षाका उपाए कम थिए भने प्राविधिक रुपमा पनि हामी सबै थिएनौ’ अक्षयले भने ,’यतिबेला प्रविधिले सहज बनाएको छ हामीलाई त्यसैले हावाको बहावलाई कम गर्दा जाँदै सात क्यामेराले खिच्दा त्यो दृश्य छिटै सकिनुका साथै सहज पनि भयो ।’
यो फिल्म शिव राजकुमारको अभिनय रहेको कन्नड फिल्म ‘तगारु’ को रिमेक रहेको अनुमान धेरैले गरिरहेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिकामा देखिएकाछन् । फिल्ममा अक्षयले निडर पुलिस अफिसरको भूमिका निर्वाह गरेकाछन् । अक्षयको को-स्टार कट्रिना कैफ छिन । कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने विश्वास रोहितको छ । यस अगाडी पनि अक्षयसँग कट्रिनाको जोडीलाई रुचाइएको थियो । हमको दिवाना कर गए , सिंह इज किंग , तिस मार खाँ , नमस्ते इंग्ल्याण्ड र वेलकम जस्ता सफल फिल्ममा सँगै काम गरेका छन् । यसैगरी फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो रहेको छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका हुन् । (एजेन्सी)












