फिल्म । कबिर सिंहमा अभिनय गरेर बलिउडमा नोटिस भएकी कियारा आडवानीले आफु सेट ज्वाइन गर्न चाहेको बताएकी छिन् । पछिल्लो समय फिल्म ‘भुल भुलैया २’ मा काम गरिरहेकी कियारा लकडाउनको कारण घरमै छिन् । गत वर्ष कबिर सिंहसँगै गुड न्युजमा देखिएकी कियाराले राम्रो चर्चा पाइन् । आफ्नो करियर उकालो लगिरह्दा बढिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको कारणले भइरहेको लकडाउन छिटै हटोस् भन्ने ईच्छा उनको छ ।
‘मैले हरेक दिन प्राथना गरेकी छु कि छिटै यो अवस्थाको अन्त्य होस् भनेर । म फेरी सेटमा काम गर्न चाहन्छु त्यो पनि छिटै’ कियाराले भनिन् । उनले गत वर्ष फिल्महरुसँगै ‘लास्ट स्टोरीज’ नामक वेब सिरिज पनि गरिन् । जहाँ उनको राम्रो चर्चा भयो । पछिल्लो समय बलिउडमा उनको करियर राम्रो चलिरहेको छ । उनले राम्रो व्यानरमा काम गर्ने अवसर पाएकी छिन् । शहिद कपुर र अक्षय कुमारपछी उनले कार्तिक आर्यनसँग भुल भुलैयाको सिक्वेलमा काम गरिरहेकी छिन् । (एजेन्सी)










