सहयोगी करिश्मा

फिल्म । अभिनेत्री करिश्मा मानन्धरले यस वर्ष आफ्नो घरमा होली विशेष कार्यक्रम आयोजना नगर्ने भएकी छिन् । अहिले विश्वमै फैलिरहेको कोरोना भाइरसको कारण यसवर्ष होली कार्यक्रम नगर्ने उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन् । आइतवार मात्र नेपाल सरकारले पत्रकार सम्मेलन गर्दै भिडभाड हुने गतिविधि नगर्न आग्रह गरेको छ । यसैलाई मध्यनजर गर्दै करिश्माले होलीको कार्यक्रम नगर्ने जनाएकी हुन् ।

उनि फेसबुकमा लेख्छिन ‘हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दशैँ, तिहार होस या फागु , गएको साल सी परिक्षाको कारणले मनाउन पाइएन, यो वर्ष उत्साही थिए । यो बाहानाले साथिभाइ भेटघाट हुन्छ भनेर, तर अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा यस्तो नजिकबट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउदा सहि हुन्छ । परिस्थिति सहज भएपछि त अनेकौं खुसी मनाउने नै हो । स्वास्थ रहनुस सुखी रहनुस ।’ अमेरिकाबाट नेपाल फर्किए यता घरमै होली कार्यक्रम आयोजना गर्दै आएकी करिश्माले गत वर्ष ‘एसइइ’ परिक्षामा समय दिनुपर्ने भएकाले होली आयोजना गरेकी थिइनन् ।

यसैगरी उनले होली आयोजना नगरेता पनि त्यसको खर्च सामाजिक कार्यमा लगाउने भएकी छिन् । होली वापत हुने खर्च उनले स्वर्गीय केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छन् । करिश्मासंगै उनका पति निर्माता विनोद मानन्धरले निर्देशक दीपाश्री निरौला र पत्रकार प्रकाश सुवेदीलाई १ लाख १ सय १ रुपैयाँ हस्तान्तरण गरेका हुन् । स्वर्गीय केशव भट्टराई परिवार सहयोग समितिमा जम्मा हुने यो रकम भट्टराई पत्नीलाई केहि समयपछि हस्तान्तरण गरिनेछ ।

कमेन्ट गर्नुहोस्