मञ्जुल आए नेपाल

संगीत । पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टर नेपाल आएका छन् । उनि म्युजिक भिडियो छायाँकनको लागि नेपाल आइपुगेका हुन् । उनि बुधवार विहान काठमान्डू आएर पोखरा पुगिसकेका छन् । उनले त्याह तिन दिनसम्म म्युजिक भिडियो छायाँकन गर्नेछन् । नेपाल आइपुगेपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले आफु निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘नेपालको आफ्नै प्राकृतिक सुन्दरता छ , त्यसैले उत्साहित छु’ उनले भने । नेपाल पहिलो पटक आएको भएता पनि उनले पोखरालाई तस्वीरबाट भने देखेको बताए । ‘म नेपालको सुन्दरता देखि परिचित छु तर आएको पहिलो पटक हुँ’ उनले भने ।

उनलाई फलो गर्ने फलोअर्स मध्य इण्डियापछि नेपाल अगाडी छ । त्यसैले पनि उनले नेपालको बारेमा जानकारी राखेका छन् । उनि नेपाली टिकटक पनि हेर्ने गर्छन् । उनि पोखरामा छायाँकन सकाएर फर्किएपछि काठमान्डूमा आएर पशुपति नाथ मन्दिर पुग्नेछन् । ‘मलाइ मेरो परिवारले नेपाल गएको बेला पशुपति नाथ जानु भनेका छन् । त्यसैले म त्यहाँ अवश्य पुग्नेछु’ उनले सुनाए । टिकटकबाट चिनिएका खट्टर पछिल्लो समय म्युजिक भिडियोमा उत्तिकै व्यस्त छन् । मञ्जुलसंगै गीतमा अभिनेत्री रिस्ता बस्नेतको अभिनय रहनेछ । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरिरहेका छन् ।

गीतमा पुरुषोत्तम बस्नेतको छायांकन गर्दैछन् भने यसलाई सम्राट शाक्यले निर्देशन गरिरहेका छन् । गत वर्ष फिल्म ‘यात्रा’ मार्फत निर्देशनमा आएका सम्राटले गीतले भिजिट नेपाललाई समेत सहयोग गर्ने बताए । ‘हामीले पोखराको सुन्दर दृश्यलाई भिडियोमा समेट्दै छौँ । मञ्जुलको फलोअर्स राम्रो भएकाले प्रवर्धननै हुन्छ भन्नेमा विश्वस्त छौ’ सम्राटले भने । उनि पछिल्लो समय दोस्रो फिल्मको तयारीमा समेत जुटेका छन् । उनको यो पहिलो म्युजिक भिडियो निर्देशन हो । यस गीतलाई जी म्युजिकको युट्युबबाट सार्वजनिक गरिनेछ ।

कमेन्ट गर्नुहोस्