फिल्म । ‘मर्ने कसैलाई रहर हुदैन’ फिल्म ‘नाईं नभन्नू ल २’ मा समावेश यो गीतबाट उदाए गायक प्रेम परियार । यसै फिल्मले उनलाई नेपाली रजतपटमा परिचित गरायो । त्यसपछि संगीतको अध्यन समेत गरिरहेका प्रेम नायकको रुपमा उदाउने फिल्म ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकर्ड गरिएको छ । गीतमा प्रेमसंगै सवनम आचार्यले स्वर दिएकी छिन् । गीतमा सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ ।
‘वीराङ्गना’ फेम्ड निर्देशक राज बहादुर सानेको निर्देशन रहने फिल्ममा प्रेम परियार, समिक्षा बस्नेत , देव सागर , पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज विसीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा बोल्ने फिल्ममा रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको छन् भने , यम कान्त भण्डारी निर्माता र एकराज थापा सह-निर्माता रहेका छन् । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । बसन्त सापकोटा/एलिस कार्की/कृष्ण भारद्वाज/कर्साङ्ग लामाको संगीत र सानु कुमार महर्जनको द्वन्द रहने फिल्मलाई अरुण सुनारले खिच्नेछन् ।












