फिल्म । महाशिवरात्रीको अवसर पारेर फिल्म ‘प्रेम पुजा’ को घोषणा गरिएको छ । फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको फिल्मलाई अमरदिप सापकोटाले निर्देशन गर्दैछन् । ‘कारखाना’ फिल्म मार्फत डेब्यु गरेका अमरदीपले यसमा हरिहर अधिकारीसंग सहकार्य गर्ने बुझिएको छ ।
डेब्यु फिल्म ‘शुभ लभ’ पछि साउथ इन्डियन फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रीमेकमा देखिने चर्चामा रहेका हरिहर अन्तत प्रेमको पुजारी बन्ने भएका छन् । फिल्ममा उनको क्यारेक्टर यस्तै रहने बुझिएको छ । यद्दपी यस विषयमा निर्देशक सापकोटाले केहि बताउन चाहेनन् । उनले फिल्मको विषयमा सम्पूर्ण फाइनल भएपछी औपचारिक रुपमै जानकारी दिने बताए । इन्टरटेन्मेन्ट वर्ल्डवाइडले निर्माण गर्ने फिल्मको छायांकन वैशाखबाट सुरु हुनेछ । काठमाण्डौ, चितवन र भारतको बनारसमा खिचिने फिल्ममा कथा, पटकथा, संवाद अभिमन्यू निरवीको छ ।
कमेन्ट गर्नुहोस्












