फिल्म । म्युजिक भिडियो हुँदै फिल्ममा उदाएकी अभिनेत्री आँचल शर्माले यहिँ फागुनमा लगनगाँठो कस्दै छिन् । केहि समय यता डाक्टर उदीप श्रेष्ठसँग प्रेममा रहेकी आँचलले विवाह गर्न लागेकी हुन् । बुझिए अनुसार उनले आउँदो फागुन २९ मा लगनगाँठो कस्दै छिन् । यद्दपी उनले आधिकारिक रुपमा केहि बोलेकी छैनन् । ‘विवाह गर्दैछु र हामीले आपसी परिवारकै सहमतिमा विवाह गर्न लागेका हौँ’ आँचलले भनिन् ,’हाम्रो टिकाटालो हुन्छ त्यसपछी विवाह ।’ उनि विवाहलाई लिएर उत्साहित छिन् ।
नेपाली फिल्ममा प्रवेश गरेसँगै अभिनेता पल शाहसँग उनको नाम जोडिएर गसिप बनेता पनि यी दुइले एक अर्कालाई मिल्ने साथी बताउदै आएका थिए । आँचलले उदीपसँग भने साथी भन्दा माथिको सम्बन्ध रहेको बताउदै आइरहेकी थिइन् । प्रेम स्वीकार नगरेता पनि उनले अस्विकार भनेर गरेकी थिइनन् । त्यसैले आँचल पछिल्लो समय उदीपसँगको सम्बन्धको बारेमा सोसल मिडियामा भने खुल्ने गरेकी थिइन् ।











