संगीत । भिडियोमा देखिन नरुचाउने अभिनेता दयाहाङ राई यतीबेला गायक राजेश पायल राईको एउटा नयाँ गीतको भिडियोमा प्रस्तुत भएका छन् । उनको अभिनय रहेको गीतको भिडियो शनिवार एक कार्यक्रमको आयोजना गर्दै रिलीज गरिएको हो । नयाँ गीत हुरुक्कै भएँनी…मा दयाहाङ राई र एलिशा राईको अभिनय छ ।
दयाहाङलाई बोल्न नसक्ने चित्रकारको रुपमा र एलिसालाई शिक्षकको भूमिकामा प्रस्तुत गरिएको छ । किरण चाम्लिङ राईको निर्देशन, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको यो भिडियोलाई राजेश पायलले आफ्नै युट्युव च्यानल दर्शन नमस्ते इन्टरट्रेनमेन्टबाट रिलिज गरेका छन् । यो गीतलाई राजन मुकारुङले लेखेका हुन् । जसमा दिनेश काजी वान्तवा राईको संगीत छ ।
कमेन्ट गर्नुहोस्










