अभिनेत्री हुँदै निर्मात्री

फिल्म । बलिउडमा हट एक्ट्रेसको छवि बनाएकी छिन् सन्नी लियोनीले । जिस्मको सिक्वेल मार्फत बलिउडमा प्रवेश गरेकी सन्नी पोर्नस्टार थिइन् । तर , पछिल्लो समय उनलाई बलिउड सेलिब्रेटी भनेर चिनिन्छ । यिनै सन्नी अब निर्माणमा आएकी छिन । उनको निर्माणमा रहेको पहिलो फिल्मको सुटिङ सुरु भइसकेको छ । तर उनले फिल्मको नाम खुलाएकी छैनन्।

सन् २०२० मै रिलिज गर्ने तयारीमा रहेकी सन्नीलाई फिल्मको काममा उनका श्रीमान् ड्यानिअल वेबरले पनि सघाइरहेका छन् । ‘यो साइकोलोजीकल थ्रिलर फिल्म हो’ उनले भनिन् । बलिउडमा स्थान बनाउन गरिएको संघर्ष झैँ अब निर्माताका रूपमा पनि स्थापित संघर्ष गर्नुपर्ने उनको बुझाइ छ । सन्नीले आफूसँग कुनै इगो नरहेको जनाउँदै सुटिङ स्पटमा जरुरी परे अरूलाई चिया बाँड्न पनि तयार रहेको अभिव्यक्ति दिएकी छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्