फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘२ नम्बरी’ बन्ने घोषणा गरिएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार हुने फिल्ममा दयाहाङ राई , पल शाह र वर्षा राउतको अभिनय रहनेछ । दया र पल पहिलो पटक स्क्रिनमासंगै देखिदै छन् । यसमा यी दुइ मित्रको भूमिकामा निर्वाह गर्दैछन् । ‘२ साथीको मित्रता र दुश्मनीको कथा फिल्मले भन्छन’ निर्देशक लामाले भने ,’यसले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ ।’ कार्यक्रममा बोल्दै दयाले पनि कथा मन परेपछि आफू काम गर्न तयार भएको सुनाए । पलले यसलाई मित्रताको कथा रहेको फिल्म बुझ्न आग्रह गरे । वर्षाले दया र पलसंगै आफ्नो भूमिका मार्फत पनि दर्शक सन्तुष्ट हुने बताइन ।
रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । माघको २५ गतेबाट छायांकन सुरु गर्ने तयारी रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्मलाई आउँदो बर्षको जनैपूर्णिमामा रिलिज गर्ने जानकारी निर्माता किरण नेपालीले दिए ।












