फिल्म । पछिल्लो समय चलचित्र विकास बोर्डमा अध्यक्ष को बन्ने भन्ने चर्चा चलिरहेको छ । गत मङ्सिरमा अल्पआयुमै केशव भट्टराईको निधन भएपछी बोर्डमा अध्यक्षको पद रिक्त छ । अब , उक्त पदमा को आउने भन्ने चर्चा हुनु स्वाभाविक पनि हो । रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम पनि चर्चामा छ । यी नामसंगै चर्चामा आएको अर्को नाम हो राजेश हमाल । फिल्मनगरीमा महानायकको समेत उपाधि पाएका हमालले अध्यक्षको पोष्ट स्वीकार गर्छन् या गर्दैनन् ? यो जिज्ञाषा छदैनै छ । हमालको निकटलाई आधार मान्ने हो भने उनले यतिबेला अध्यक्ष हुने मनसाय बनायेअ छैनन् । ‘बोर्डमा पुग्ने पक्षमा दादा हुनुहुन्न’ हमाल निकट भन्छन् ,’अहिलेलाई उहाँ अध्यक्ष हुने सम्भावना अति न्युन छ ।’
बुझीए अनुसार उनि बोर्डमा सहज वातावरण चाहन्छन् । उनले आफ्नो छविलाई उस्तै राख्न नियम तथा कानुन गतिलोसंग कार्यन्वयन नहुदासम्म त्यहाँ पुग्ने पक्षमा नरहेको बुझीएको छ । त्यसो त उनि पछिल्लो समय फिल्म छाडेर मेला महोत्सवमा व्यस्त छन् । यसैगरि ‘को बन्छ करोडपति’ को नयाँ सिजनको तयारीमा समेत जुटेका छन् । फिल्म निर्माण र निर्देशन गर्ने भनेको लामो समय भइसकेको छ । यसैले गर्दा उनि यस्तै कामसंगै परिवारसंग व्यस्त छन् ।










