गसिप । पछिल्लो समय अभिनेत्री प्रियंका कार्की चर्चामा छिन् । उनि फिल्मको कारण चर्चामा भने आएकी हैनन् , न कुनै सोसल वर्कका कारण । उनलाई चर्चामा ल्याएको छ , उनकै ‘ब्याचलर पार्टी’ ले । ‘ब्याचलर पार्टी’ मनाउन भन्दै पाँच जना साथी लिएर उनी थाइल्यान्ड पुगेकी छिन् । त्यहाँ पुगेर आफ्नो सोसल मिडियामा सार्वजनिक गरिएको तस्वीर मार्फत प्रियंका चर्चामा आएकी हुन् । उनले मनाइ रहेको ‘ब्याचलर पार्टी’ को चर्चा त छदैनै छ , साथमा त्यहाँ उनको इन्स्टाग्रामको हरेक स्टोरीमा देखिने ‘खुकुरी रम’ मा धेरैको ध्यान गरेको छ । उनले नेपालमा रहदा उक्त ब्राण्डलाई त्यसरी प्रमोसन गरेको सायदै कसैलाई थाहा छ । तर , विदेशी भूमिमा पुगेर एकाएक उनले प्रोमोसन थालिन् ।
उनलाई नेपाली ब्राण्डको माया रहेछ भन्ने पर्यो केहिलाइ । तर , अवस्था फरक रहेको संकेत पछिल्लो समय उनकै एक स्टाटसले दिन्छ । प्रियंकाले आफ्नो ब्याचलर पार्टीका लागि प्रायोजक पनि भेटेकी रहिछन् । उनको यो भ्रमणलाई ‘खुकुरी रम’ ले प्रायोजन गरेको छ । उनले पोष्ट गरेका तस्वीर–भिडियोमा जहाँ पनि यो रक्सी ब्राण्डको प्रचार त छ नै , साथै घुमघामको मेसो मिलाइदिएकोमा उनले रक्सीलाई धन्यवाद दिएकी छन् ।
उनले आफ्नो भेरिफाइड फेसबुक पेजमा प्रियंकाले लेखेकी छिन्– ‘म खुकुरी रमलाई धन्यवाद दिन चाहन्छु । जसले हामीलाई यहाँ ल्यायो र गज्जबको कार्यक्रम होस्ट गरिदियो । सधै, कृतज्ञ छु ।’ सहाना बज्राचार्य, शिवांगी प्रधान, श्रेया जोशी लगायतको टोलीसँग विदेश पुगेकी प्रियंका त्यहाँ एकसाता रहने बुझिएको छ । प्रियंकालाई ‘ब्याचलर पार्टी’ को रमाइलो त छदैनै छ , साथमा प्रायोजक पनि ! भएन त काइदा ।










