‘लभ डायरीज’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । आउँदो भ्यालेन्टाइन डेमा रिलिज हुने फिल्म ‘लभ डायरीज’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार प्रस्ट्याइएको छ । प्रेममा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर कलरफुल र डायलगमय छ । डेब्यु गर्ल रुविना थापा र सुशील श्रेष्ठमा केन्द्रीत ट्रेलरले मायाको आभाष गराउछ ।

फिल्मका दुइ मुख्य पात्र सुशील र रुबिना बीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्