‘जेम्स बोण्ड’ महिला नबन्ने

फिल्म । हलिउडमा सफल सिरिज मध्यको एक हो ‘जेम्स बोण्ड’ । स्पाई थ्रिलर यसफिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सेरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफुलाई जेम्स बोण्डको रुपमा अगाडी ल्याईसकेका छन् । पछिल्लो समय बोण्डको रुपमा ड्यानियल क्रेग छन् ।

उनि सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोण्डको भूमिकामा देखिदै आएका छन् जेम्स बोन्डका रुपमा क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ आउँदो अप्रिलमा रिलिज हुदैछ । ब्रिटिश जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५ औं फिल्म हो भने क्रेगको बोन्डका रुपमा पाँचौं । जेम्स बोन्ड हलिउडको सबभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् । क्रेगको यो अन्तिम फिल्म हो ।

यसपछि ‘जेम्स बोण्ड’ को भूमिका कसले निर्वाह गर्नेछन् ? यो जिज्ञाषा धेरैलाइ छ । ‘जेम्स बोण्ड’ को रुपमा कहिले पनि महिला नहुने-नबनाइने निर्माता बार्बरा ब्रोकलीले स्पष्ट पारेकी छन् । बोन्ड रंगका बारेमा विकल्प खुल्ला भएपनि महिला नहुनेमा आफूहरु स्पष्ट भएको उनको भनाइ छ । क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडु लगायतका कलाकारले अभिनय गरेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्