फिल्म । दशक अगाडी ‘एक्सन स्टार’ को ट्याग पाएका विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ लाई लिएर पछिल्लो समय व्यस्त छिन् । अभिनेता टर्न एक्टर भएकै कारण उनको कामको प्रतीक्षा फ्यानलाई छ । साथै उनले आफुलाई फेरी नेपाली फिल्ममा स्थापित गर्न सक्छन कि सक्दैनन् भन्ने चुनौती पनि । आउँदो माघ २४ मा रिलिज हुने फिल्मको नयाँ गीतको छायाँकन काठमाण्डौमा भईरहेको छ । ‘चरीले काफल’ बोलको पहिलो गीत मार्फत सफल बनेका विराजले दोस्रो गीतलाई मोडर्न बनाउने कोसिस गरेका छन् । सुरेश अधिकारीको संगीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चण्डक फिचर्ड छन् ।
अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । ‘साङ्लो’ मा विराज र निकितासँगै कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, प्रकाश शाह, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । एक्सन जनराको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व ,मानकृष्ण महर्जनको छायांकन र अर्जुन जिसीको सम्पादन छ । यसमा निर्माताको रुपमा तेज बहादुर खड्का रहेका छन् ।










