देश । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा शिव पुन निर्विरोध निर्वाचित भएका छन । आउँदो केन्द्रीय निर्वाचनलाई लक्षित गर्दै संघको सोमबार भएको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा पुन अध्यक्षमा चुनिएका हुन । उनले आउँदो तिन वर्षको लागि संघको नेतृत्व गर्नेछन् । यसैगरी संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पुर्ण केसी, सह–सचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमा तिर्थराज चौधरी रहेका छन् । सदस्यहरूमा भुपेस वली, मिना खड्का, राजेश खत्री र आशिष केसी सहित नौं सदसीय कार्यसमति सर्वसम्मत चुनिएका हुन् ।
अधिवेशन सम्पन्न गर्नको लागि संगठन उपाध्यक्ष दिनेश सिटौला दाङ्ग पुगेका थिए । उनले पछिल्लो समय मोफसलमा बढ्दो रङ्ग पत्रकारिता प्रसंशनीय रहेको बताए । यसैगरी छिटै नै अन्य शाखाको अधिवेशन पनि हुने उनले बताए । ‘हाम्रो विधान अनुसार हामी कार्य गरिरहेका छौ’ उपाध्यक्ष्य सिटौलाले भने । संघका निवर्तमान अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षता अधिवेशनको उद्घाटन भएको थियो । अधिवेशनकै अवसरमा ११ हजार १ सय ११ रूपैया राशिको ‘देवलोचन रङ्ग पत्रकारिता पुरस्कार’ वाट सन्तोष केसीलाई पुरस्कृत गरिएको छ ।










