फिल्म । गत शुक्रवारबाट अजय देवगनको ‘तानाजी’ र दीपिका पादुकोणको ‘छपाक’ रिलिज भएको छ । प्रतिक्षित दुइ फिल्ममा तनाजी अगाडी भएको छ भने ‘छापाक’ ले कछुवा गतिमा व्यापार अगाडी बढाएको छ । स्क्रिन संख्याका कारण अजय देवगनको फिल्मले ‘छपाक’ भन्दा तीन गुना बढी कमाई गरेको छ । तानाजीको तुलनामा छपाकको स्क्रिन संख्या आधा छ । दीपिकाको फिल्म ‘छपाक’ ले पहिलो दिन बक्सअफिसमा ४ करोड ७७ लाखको कमाईसँगै ओपनिङ गरेको थियो । त्यस्तै, दोस्रो दिन अर्थात् शनिवार फिल्मले ६ करोड ९० लाख तेस्रो दिन अर्थात आइतबार ७ करोड ३५ लाख गरि विकेन्डमा १९ करोड २ लाखको व्यपार गर्न सफल भएको छ ।
#Tanhaji has a heroic weekend… Footfalls, occupancy, numbers multiply on Day 2 and 3… Sets BO on 🔥🔥🔥 on Day 3… #Maharashtra is exceptional… Other circuits witness big turnaround on Day 2 and 3… Fri 15.10 cr, Sat 20.57 cr, Sun 26.08 cr. Total: ₹ 61.75 cr. #India biz.
— taran adarsh (@taran_adarsh) January 13, 2020
कम बजेको यो फिल्मलाई राम्रो प्रतिक्रिया मिलेता पनि हल संख्याको कारण फिल्मले राम्रो विजनेस गर्न सकेको छैन । मेघना गुलजार निर्देशित फिल्म लामो रेसको घोडा बन्ने अनुमान गरिए पनि यसले एक सय करोड कमाउने सम्भावना निकै न्यून छ । त्यस्तै, अजय देवगनको ‘तानाजी’ ले १५ करोड १० लाखको कमाईसँगै राम्रो ओपनिङ गरेको थियो । दोस्रो दिन अर्थात शनिवार २० करोड ५७ लाख तेस्रो दिन आइतबार २६ करोड ८ लाखको व्यापार गर्दै विकेन्डमा ६१ करोड ७५ लाखको व्यापार गर्न सफल भएको छ । भारतमा हिन्दी र मराठी दुई भाषामा प्रदर्शनमा आएको ‘तानाजी’ लाई भारतमा ३ हजार ८ सय ८० स्क्रिन मिलेको छ । त्यस्तै, ओभरसीजमा यो फिल्म ६ सय ६० स्क्रिनमा रिलिज भएको छ । फिल्मले संसारभर ४ हजार ५ सय ४० स्क्रिन पाएको छ । अजयको ‘तानाजी’ १००औं फिल्म हो । दीपिका पादुकोणको ‘छपाक’ ले भारतमा १७ सय स्क्रिन पाएको छ । त्यस्तै, ओभरसीजमा यो फिल्म ४ सय ६० स्क्रिनमा प्रदर्शन भएको छ ।
#Chhapaak sees day-wise growth, but the weekend trending is good, not great… Collects well at premium multiplexes of urban sectors mainly… Needs to trend well on weekdays for a healthy Week 1 total… Fri 4.77 cr, Sat 6.90 cr, Sun 7.35 cr. Total: ₹ 19.02 cr. #India biz.
— taran adarsh (@taran_adarsh) January 13, 2020











