गसिप । आना शर्माले पहिलो फिल्मबाटै राम्रो फ्यान फलोइङ कमाएकी एक्ट्रेसमा पर्छिन् । अनमोल केसीको अपोजिटमा ‘जेरी’बाट डेब्यू गरेकी उनलाई धेरैले सम्भावना बोकेको कलाकारको रुपमा हेरे । अनमोलसंग डेब्यु भएकै कारण उनि नयाँ पुस्ता माँझ सजिलै नोटिस भइन । डेब्यु फिल्म सफलता पाए पनि त्यसपछि ‘जेरी’ र ‘ग्याङस्टर ब्लुज’मा देखिएकी उनि गत साल अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमान्डू’मा देखिएकी थिइन् ।
यद्दपी सफलता हात परेन । बलिउड कलाकार गुलशन ग्रोभरको अभिनय रहेको फिल्मबाट समेत निराश हुनुपरेपछि आनाले नयाँ फिल्म साइन गरेको जानकारी छैन । उनले फिल्मको अफर लिएर जाने निर्माता–निर्देशकलाई पढाइको बहाना बनाउने गरेकी छिन् । आखिर किन बहाना बनाइरहेकी छिन् त आना ? पहिलो त् उनले सफलता पाउन सकेकी छैन र दोस्रो सुन्नमा आएअनुसार उनी ब्वाइफ्रेन्ड सोनम छिरिङ शेर्पाका कारण पनि फिल्ममा अभिनय गर्न इच्छुक छैनन् । आना विगत तीन वर्षदेखि सोनमसँग डेट गरिरहेकी छिन् । सोनमले उनलाई फिल्म खेल्न बन्देज नै नलगाए पनि फिल्म खेल्न खासै प्रेरित गर्ने गरेका छैनन् । यसैकारण पनि फ्यानले आनालाई फिल्ममा देख्ने सम्भावना कमै छ ।











