सुहानालाई डेब्यु अवार्ड

फिल्म । शनिबार साँझ ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको अवार्ड समारोहमा फिल्मकर्मीहरु बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ देखि कनिष्ठसम्म उपस्थित थिए । राजेश हमाल, भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, रमेश उप्रेती, दीपाश्री निरौला, पूजा शर्मा, पल शाह, सेड्रिना शर्मा, हरिहर शर्मा, मिथिला शर्मा, निर्मल शर्मा, गौरी मल्ल, स्वस्तिमा खड्का , झरना थापा ,प्रियंका कार्की , जितु नेपाल , केदार घिमिरे , छुल्ठिम गुरुङ ,कविता गुरुङ , गौरव पहारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित फोटो पत्रकारको पर्खाइमा रहेका सेलिब्रेटी मध्यकी एक थिइन् , सुहाना थापा । उनि आमा झरना थापा र बुवा सुनिलकुमार थापासंगै आएकी थिइन् । डेब्यु फिल्म ‘ए मेरो हजुर ३’ को सफलतापछि अध्यनको लागि अमेरिका रहेकी सुहनाले ओभरसिज प्रदर्शनमा भने केहि स्थानमा सहभागिता जनाएकी थिइन् । यिनै सुहानाले सम्पन्न कामना अवार्डमा डेब्यु नायिकाको अवार्ड पनि जितिन् । पहिलो फिल्म मार्फत नै पाएको चर्चा र दर्शकको मायाले उनि दंग छिन् । उनलाई अब दर्शकले आउँदो वर्ष ए मेरो हजुरकै चौथो सिरिजमा देख्न पाउने छन् ।

कमेन्ट गर्नुहोस्