फिल्म । बलिउडमा बोल्ड एक्ट्रेसको छवि बनाएकी सना खानको ब्रेक अप भएको छ । उनको प्रेमी मेल्विन लुइससंग ब्रेकअप भएको हो । यसैकारण यी दुइले एक अर्कालाई सामाजिक सञ्जालमा पछ्याउन समेत छोडिसकेका छन् । यी दुइको सम्बन्धमा केहि समय यता दरार आएको थियो । जसले गर्दा सनाले आफ्नो सामाजिक सञ्जालबाट मेल्विनसंगको तस्वीरहरु समेत डिलिट गरेकी छिन् ।
सलमान खान होस्ट रहेको रियलिटी शो बिग बोस ६ मा देखिएकी सनाले जय हो , ट्वाइलेट एक प्रेम कथा , वजह तुम हो लगायतका फिल्ममा काम गरेकी छिन् । संख्याको हिसाबले झन्डै २० फिल्ममा काम गरेकी सना सबै भन्दा बढी चर्चामा ‘वजह तुम हो’ मार्फत आइन । उक्त फिल्ममा उनको देखिएको बोल्ड अवतारले उनलाई दर्शक माँझ चिनायो । उनि पछिल्लो समय आफ्नो आउँदो फिल्म टम डिक एण्ड ह्यारी २ मा व्यस्त छिन् ।
(एजेन्सी)
कमेन्ट गर्नुहोस्










