फिल्म । बलिउड अभिनेता संजय दत्तको प्रेमको चर्चा बि-टाउनमा राम्रैसँग हुने गर्छ । उनकै बायोपिक सन्जूमा पनि उनको गर्लफ्रेन्डको लिस्ट सुनेर सबै चकित परे । झन्डै ३ सय ८ गर्लफ्रेन्ड बताउने संजयले ३ सय ९ बन्न लायक एक एक्ट्रेस रहेको बताएका छन् । उनले एक अन्तर्वार्ताको क्रममा रिलिजको क्रममा रहेको फिल्म ‘पानीपत’ एक्ट्रेस कृति सेनन आफ्नी गर्लफ्रेन्ड बन्न लायक रहेको बताएका हुन् । उनले ठट्टा गर्दै ‘३ सय ९ गर्लफ्रेन्ड बनाए भने कृति हुनेछिन् ‘ भनेका हुन् । उनले यसो भनेसँगै उनको यो अन्तर्वार्ताले चर्चा पाईरहेको छ ।
उनको बायोपिक फिल्म हिट भएता पनि उनि अभिनित फिल्मले भने सफलता पाउँन सकेको छैन । त्यसो त संजय आफ्नो फिट फ्रेनचाइज ‘मुन्ना भाई’ मा देखिने तयारी भईरहेको खबर पनि न आएको होइन , तर यसको घोषणा अझै भएको छैन । उनलाई लिएर निर्देशक राजकुमार हिरानीले ‘मुन्नाभाई चले अमेरिका’ बनाउने भनिएको पनि लामो समय भइसकेको छ ।












