विक्कीको प्रेममा कट्रिना ?

फिल्म । यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘उरी’ ले अभिनेता विक्की कौशललाई सोलो हिरोजो रुपमा स्थापित गर्यो । त्यसअगाडी अभिनयको कारण चर्चामा आउने भएता पनि उनले एकल दममा फिल्म चलाउन सकेका थिएनन् । यिनै विक्कीले सफलताको सिढी चढ्दै गर्दा गसिपमा पनि छाउन थालेका छन् । पछिल्लो समय उनको नाम बलिउडकि क्याट अर्थात् कट्रिना कैफसंग जोडिएको छ । करण जोहरको शोमा कट्रिनाले आफुलाई काम गर्ने इच्छा रहेको अभिनेताको रुपमा विक्कीको नाम लिएकी थिइन् । त्यस यता विक्की र कट्रिनाको चर्चा बि-टाउनमा मात्र नभई बाहिर पनि उत्तिकै छ ।

केहि समय अगाडी यी दुइ एकएर्कालाइ चिन्ने प्रोसेसमा रहेको चर्चा नचलेको होइन । त्यसपछि यी दुइ दीपावलीमा स्पट भए । चाडको प्रेसरमा पनि यी दुइसंगै हुनुले सामिप्यतालाई प्रस्ट्याउछ । यसै क्रममा पछिल्लो समय यी दुइको डिनर डेटको तस्वीरले चर्चा पाइरहेको छ । यी दुइनै मुम्बईको हेमन्त ओबराय रेस्टुरेन्टमा देखिएका हुन् । त्यहाँ खान खाएपछि सेफसंग खिचाएको तस्वीरले यतिबेला यो जोडीलाई भाइरल बनाइरहेको छ । बलिउडमा प्रवेश गरेदेखी नै सलमान खानसंग नाम जोडिएको भएता पनि कट्रिनाले आफ्नो प्रेमीको रुपमा रनबिर कपूरलाइ चिनाईन् । त्यो सम्बन्धमा ब्रेक लगेपछि कट्रिना यतिबेला सलमानकै क्याम्पमा छिन् । यद्दपी उनको लभ लाइफमा विक्की रहेको चर्चा चल्ने गरेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्