फिल्म । दुइ युवाको संघर्ष कथामा निर्मित फिल्म ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि प्रियंका कार्की फिचरिङ लोकलय सार्वजनिक गरेको टिमले रोमान्टिक गीत आउट गरेको छ ।
गीतमा मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत फिचरिङ छन् । ‘सुसाइड’ गीतमा प्रेममा परेपछि तनावलाई झल्काइएको छ । निर्देशक जोनी सिंह रानाको शब्द शृजना रहेको गीतमा कोशिस क्षेत्रीको संगीत छ । यसमा रुपक डोटेलसँग संगीतकार क्षेत्रीको स्वर रहेको छ । गीतको भिडियो कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।
निर्देशक जोनी सिंहको कथालाई अभिषेक शशि कुमारले पटकथामा ढालेका छन् । फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय छ ।फिल्ममा सुशील पत्रकार र आमिर हवल्दारको भूमिकामा छन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन छ ।










