कपिललाई हैरानी !

टिभी । टेलिभिजनमा कमेडियनको रुपमा निकै चर्चा कमाएका कपिल शर्मा पछिल्लो समय स्थापित भईसकेका छन् । उनलाई लाइफले दोस्रो मौका दिएको छ भन्दा फरक नपर्ला । केहि समय अगाडी हराएका झैँ भएका उनको शो पछिल्लो समय टीआरपीको टप ५ मा पर्ने गरेका छन् । केहि समय अगाडी अस्ट्रेलियामा शो सकेर फर्किदै गर्दा आफ्नै सहकर्मी सुनिल ग्रोभरलाई दुर्व्यवहार गरेको भन्दै आलोचित बनेका कपिल त्यसयता राइज गर्न सकेका थिएनन् ।

त्यसपछी उनले शो लाई बन्द गर्दै र केहि समयपछी सुरु गर्दै आइरहेका थिए । तर उनले त्यो सफलता पाउन सकेका थिएनन् । उनको शो मा सुनिल नआएपछि यतिबेला सुनिल र कपिल दुवै लोकप्रियताको मिटरमा ओरालो लागिरहेको थियो । उक्त समयमा डिप्रेसनमा रहेको खबरमा समेत आइरहेका कपिल डिसेम्बरमा विवाह गरेसँगै शो मा फर्किए । उनलाई सुरुवाती चरणमा बलिउड अभिनेता सलमान खानले सहयोग गरे । उनि शो प्रोड्युसर पनि हुन् ।

सोनी टेलिभिजनबाट नै ब्रोडकास्ट हुने ‘द कपिल शर्मा शो’ लोकप्रिय हुँदै गर्दा कपिलको विभिन्न चर्चाले स्थान पाउने गरेको छ । तपाई पनि कपिलको शो हेर्नु हुन्छ भने उनले प्राय यसको छायाँकन बेलुकी गर्ने गरेका छन् । मध्य दिन या बेलुकी छायाँकन गर्ने शो बिहानी पख पनि कहिले कहिँ छायाँकन हुन्छ । जब अक्षय कुमारको फिल्म आउछ , छायाँकन बिहान हुन्छ । पछिल्लो समय ‘मिसन मंगल’ को प्रमोसन गर्ने बेलामा नायिकाहरुले अक्षयले मेकअप गर्ने टाइम समेत नदिने गरेको गुनासो गरेका थिए ।

यसपटक यो गुनासो कपिलको पनि रहेको छ । प्राय बिहान १० बजे उठ्ने कपिलले अक्षयको ‘हाउसफुल ४’ को एपिसोड बिहान ६ बजेबाट छायाँकन गरेका छन् । उनले ४ र ५ बजे प्राविधिकलाई बोलाएर छायाँकन थालेका हुन् । सातामा दुइ एपिसोड आउने शोमा अक्षय दुइ एपिसोडमै देखिनेछन् भने पहिलो सेड्युलमा एक्टर र दोस्रो सेड्युलमा एक्ट्रेसको छायाँकन भएको छ । अल्छी कपिललाई अक्षयले बिहानै उठाएर उनको सेड्युलनै बदलेका छन् । आफ्नो दाइ जस्तै मान्ने कपिल पनि अक्षय शो मा पाहुना बन्दा हैरानीमा पर्ने गरेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्