नयाँ फिल्ममा सलमान र अनुष्काको जोडी ?

फिल्म । सलमान खान र अनुष्का शर्माको जोडीलाई फिल्म ‘सुल्तान’ मा निकै रुचाइयो । अलि अब्बास जफर निर्देशित फिल्मले ‘बक्स अफिस’ मा राम्रो कलेक्सन गर्न सफल भयो । यसैले गर्दा पनि यो जोडीलाई पर्दामा हेर्ने दर्शकको ईच्छा अझै छ । केहि समय देखि सामाजिक सञ्जालमा दर्शकले सलमान र अनुष्कालाई सँगै हेर्ने ईच्छा जाहेर गरेका थिए । तर , कहिँ कतै यी दुइले सँगै अभिनय गर्ने खबर आएको थिएन ।

तर अब दुइलाई संगै देखिने सम्भावना बढेको छ । सलमान खान फिल्म्सले दुइ फिल्म दर्ता गराएका छन् । हरेक इदमा दर्शकमाँझ आउने गरेका सलमान खानलाई ध्यानमा राख्दै उनको कम्पनिले दुइ फिल्म दर्ता गराएका हुन् । दुइ निर्माण हुने फिल्म मध्य एक इदमा रिलिज हुने लगभग तय छ । इण्डयाज मस्ट वान्टेड कप : राधे र इण्डिया पाक टाइटलमा दुइ फिल्म दर्ता भएको खबर भारतीय मिडियामा छ ।

त्यसो त सलमानले ‘राधे’ टाइटलमा फिल्म आउँदो इदमा ल्याउन सक्ने संकेत अगाडी देखि देखिदै आएको छ । सलमानको अभिनय रहेको फिल्ममा तेरे नामको चर्चा धेरै नै हुने गर्छ । फिल्मको गीतसंगीतलाई त दर्शकले रुचाएका नै थिए साथै सलमानको हेयर स्टाइल समेत निकै फेमस भएको थियो । फिल्ममा उनले निर्वाह गरेको राधेको भूमिका निकै लोकप्रिय भएको थियो ।

विज्ञापन

यतिबेला फिल्मलाई प्रभु देवाले निर्देशन गर्ने चर्चा छ भने यसमा अनुष्का रहनेछिन् । कोरियन फिल्म ‘द आउटलउज’ को हिन्दी रिमेक गर्ने तयारी गरिरहेका छन् भन्ने खबर पनि नआएको होइन यद्दपी फिल्म स्पाइ स्टोरी हुने अनुमान टाइटलबाट नै लगाउन सकिन्छ । सलमानको फिल्म ‘तेरे नाम’ हेरेका फ्यान यो फिल्म बन्ने भएपछी भने खुसि भएका छन् । सलमानको व्यक्तित्वलाई यो टाइटलले प्रस्ट्याउने विश्वास सलमानको फ्यानलाइ छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्