‘मुन्नाभाई’ बन्न आतुर संजय

फिल्म । संजय दत्तको जीवनीमा बनेको फिल्म ‘सन्जु’ ले बक्स अफिसमा निकै कमाल गर्यो । राजकुमार हिरानी निर्देशित फिल्मले बक्स अफिसमा कमाल मात्र देखाएँन , उनि प्रति दर्शकको मनमा श्रद्धा पनि बढायो । फिल्म हेर्नेले संजयको जीवनलाई बुझे । त्यसपछि संजयको फिल्म भटाभट बलिउडमा आयो । तर , कुनै फिल्मले दर्शकको साथ् पाउँन सकेन किनकी फिल्म नै राम्रो थिएनन् ।

पछिल्लो समय संजय आफैले निर्माण गरेको फिल्म ‘प्रस्थानम’ ले समेत दर्शको माया नपाएपछी उनले यतिबेला ‘मुन्नाभाई चले अमेरिका’ मा काम गर्ने मन बनाएका छन् । उनले आफ्नो नजिकका निर्देशक हिरानीलाइ फिल्मलाई सक्दो चाडो फ्लोरमा लाने गरि काम गर्न आग्रह समेत गरेका छन् । हिरानीको डेब्यु फिल्म मुना भाइ एमबीबीएस थियो र त्यसपछिको दोस्रो लगे रहो मुन्नाभाई । यी दुइ फिल्मले संजय दत्तको छवि मात्र बदलिएन , बलिउडमा धर्मराएको करियरलाई अगाडी समेत बढायो ।

तेस्रो सिरिजको चर्चा चल्दै गर्दा संजय जेल परे । त्यसपछि फिल्मको काम रोकियो तर दर्शकलाई यतिबेला पनि फिल्मको प्रतिक्षा छ । दर्शककै प्रतिक्षालाई ध्यानमा राखेर निर्देशक हिरानीले आफ्नो प्रिय लेखक अभिजात जोशीसँग काम अगाडी बढाईरहेका छन् । यद्दपी फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । त्यसैले पनि हिरानीले स्क्रिप्टमा निकै मेहनत गरिरहेका छन् । तात्कालिन समयमा अमेरिकन राष्ट्रपति बाराक ओबामालाई भेट्ने कथा रहेता पनि यतिबेला स्क्रिप्ट टिमले नयाँ कन्सेप्टमा काम गरिरहेको भारतीय मिडियामा उल्लेख छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्