श्रीमतीसँग टाढिए इमरान ?

फिल्म । बलिउडमा डेब्यु फिल्म मार्फत नै आफ्नो सम्भावना देखाउने अभिनेतामा पर्छन् , इमरान खान । उनले डेब्यु फिल्म ‘जाने तु या जाने ना’ मार्फत नै एक किसिमको फ्यान फ्लोअर्स पाए । उनका मामा आमिर खानको निर्माण भएकै कारण चर्चामा आएको फिल्मलाई दर्शकले रुचाए । त्यसपछि इमरानको बलिउड करियर अगाडी बढ्यो ।

त्यसो त उनले कयामत से कयामत तक र जो जीता वाहि शिकन्दरमा पनि बाल कलाकारको रुपमा अभिनय गरिसकेका थिए । तर पनि उनको डेब्यु भने सन् २००८ मा भएको थियो । त्यसपछि उनको आइ हेट लभ स्टोरी र देल्ही बेल्ही जस्ता फिल्मले मात्र सफलता पायो । संख्याको हिसाबले १४ फिल्ममा अभिनय गरेका इमरान पछिल्लो समय बेरोजगार छन् । पछिल्लो फिल्म ‘कट्टी बट्टी’ फ्लप भएपछी उनि कामको खोजिमा छन् ।

त्यसैले पनि उनको समय पछिल्लो समय फुर्सदका साथ् घरमै बित्ने गरेको छ । यसैले गर्दा उनको परिवारमा समस्या आएको छ । उनको श्रीमती अवन्तिका मल्लिक बीच समस्या आएको छ । अवन्तिकाले इमरानको घर छाडेर आफ्नै घर अर्थात माइत गएकी छिन् । इमरान डिप्रेसनमा गएको कारण दिनहु झगडा हुने भएपछी अवन्तिकाले छोरीको भविष्यको लागि घर छाडेको समाचारले बि-टाउनमा चर्चा पाइरहेको छ । इमराको लागि दुइ परिवारले समेत सहमति जनाउन नसकेपछि इमरानलाई अवन्तिकाले छाडेको यी दुइ निकटले मिडियालाई जानकारी दिएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्