विदेश । बिगत दशक यता शैक्षिक क्षेत्रमा सक्रिय बाबा एजुकेशन कन्सल्टेन्सीका नेपाल निर्देशक राजेन्द्रकुमार शर्मा ‘ नेशनल एक्सिलेन्स अवार्ड २०१९’ बाट सम्मानित भएका छन । उनलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याए बापत भारतको इन्दोरमा आयोजित एक समारोहबीच सम्मान गरिएको थियो । बाबा ऐजुकेसनका शर्मा लामो समयदेखी शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय रहंदै आएका छन ।
कार्यक्रममा नेपाल उधोक बाणिज्य संघकी अध्यक्ष भवानी राणाले शर्मालाई अवार्ड प्रदान गरेकी थिईन । शर्माका अनुसार बाबा एजुकेशनले अहिले काठमाण्डौको न्यूरोड,भक्तपुरको सुर्यबिनायक,पोखराको चिप्लेढुंगा , इटहरी र अष्ट्रेलियाको सिड्नीबाट शैक्षिक परामर्श प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति जनाईरहेको छ ।
भारतीय संस्था अल्मा आयोजक रहेको यो अवार्ड कार्यक्रममा नेपाल,भारत,बेलायत,अमेरिका,भूटान,श्रीलंका र बंगलीदेश लगायतका मूलुकहरूको सहभागिता थियो । अल्माको यो २० औ अवार्ड कार्यक्रम हो ।







