फिल्म । मनोरञ्जन विभिन्न विधामा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा पोखरामा हुने तीनदिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ मा सहभागी हुन् रङ्ग पत्रकार पोखरा लागेका छन् । भाद्र १८ , १९ र २० गतेसम्म पोखरामा चल्ने कार्यशालामा सहभागी हुन् एक सयको हाराहारीमा पत्रकार पोखरा लागेका हुन् । पोखरामा हुने कार्यशालाका निमित संघले चलचित्र विकास बोर्डसँगको सहकार्य गरेको हो ।
यो कार्यशाला सक्रियतापूर्वक फिल्म पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि उपलब्धिमुलक हुने संघले अपेक्षा राखेको छ । प्रशिक्षकका रुपमा रजनीश भण्डारी , नारायण अमृत , अनुप सुवेदी , राजेन्द्र दाहाल लगायत रहेका छन् । यिनले कार्यशालामा पत्रकार आचारसंहिता तथा भिडियो कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडियाको विषयमा प्रशिक्षण दिनेछन् ।










