फिल्म । दशक अगाडी ‘एक्सन स्टार’ को ट्याग पाएका विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् । केहि अगाडीसम्म विराजको फिल्मको पहिलो झलकको रुपमा ‘टिजर’ आउने गर्थ्यो तर यतिबेला गीत आएको छ । साथै , यसले पाएको सफलताले उनि दंग छन् ।
‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डक फिचर्ड छिन् । लोक शैलीमा तयार पारिएको गीतको अडियो र भिडियो दुबैलाई दर्शकले सामाजिक सञ्जाल मार्फत राम्रो प्रतिक्रिया दिएका छन् ।
माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन जनराको यो फिल्मको हाइप यस गीतले निर्माण गर्नेमा निर्माण टिम आशावादी छ । यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा विराज र निकितासँगै कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।











