‘आवाज उठाउँएको हुँ ‘

फिल्म । पछिल्लो समय दीपक राज गिरी सामाजिक सञ्जालको कारण उत्तिकै चर्चामा आउने गर्छन् । उनले फेसबुकमा लेखेको स्टाटसले चर्चा र विवाद पनि निम्त्याउने गर्छ । यस्तै भएको छ उनले शनिवार पोष्ट गरेको स्टाटसले पनि । चर्चा र विवाद उस्तै छ । केहिले यसलाई समर्थन गरेका छन् भने केहि मौन नै छन् । किनकी नेपाली फिल्मनगरीमा आफुलाई नपर्दा सम्म नबोल्ने संस्कार नै छ । त्यसैले जो अघि बढेर बोल्यो , त्यसैलाई पोल्यो । उनले नेपाली फिल्मलाई व्यापारको रुपमा मात्र नलिन आग्रह गरे । ‘नेपाली फिल्मलाई व्यापारको रुपमा मात्र नालिउ किनकी यसले हाम्रो आफ्नोपन बोकेको छ’ उनले भने ।

उनले नेपाली फिल्मले नेपाली भाषा र संस्कृतिलाई पनि अगाडी बढाएको बताए । त्यसो त विदेशमा बस्ने दर्शकले खोज्ने फिल्म निर्माण गर्ने मेकरमा दीपक पर्छन । उनले निर्माण गरेको सम्पूर्ण फिल्मले विदेशमा राम्रो कलेक्सन गरेको छ । ‘नेपाली फिल्म व्यापारसंगै आफ्नो पनको पहिचान पनि हो’ दीपक भन्छन् ‘ विदेशी स्टारको फिल्म नेपाल आउने बजेट र हाम्रो फिल्मको बजेट उस्तै हुन्छ अनि प्रतिष्पर्धा कसरि हुन्छ ?’ उनले हिन्दी फिल्मले विस्तारै नेपाली फिल्ममा पारेको प्रभावका कारण चिन्ता व्यक्त गरेका हुन् ।

उनले आफु वितरण कम्पनिमा भएपनि हिन्दी फिल्म वितरणमा भने सांझेदार नरहेको प्रस्ट्याए । ‘मैले वितरण कम्पनि ज्वाइन गर्दा त्यहाँ हिन्दी फिल्म वितरण हुन्थेन’ उनि भन्छन् ‘हिन्दी फिल्मको प्रोफिट र लसमा मेरो साँझेदारी छैन ।’ दीपकको समुहले दर्शक सामु ल्याएको फिल्मले व्यसायमा रेकर्ड माथि रेकर्ड नै बनाइरहेको छ तर पनि उनि किन बोलिरहेका छन् त ? दीपक भन्छन् ‘यो मेरो आवाज सम्पूर्ण निर्माताको लागि हो तर यहाँ कसैलाई नपर्दा कोहि बोल्दैनन् ।’ दीपक व्यापार मात्र गर्ने भए सबैले विदेशी फिल्म किनेर चलाउदा हुने तर्क गर्छन् , किनकी त्यहाँ नेपाली फिल्म जस्तो रिस्क छैन । ‘व्यापार नै गर्ने भए किन ६ महिनासम्म लगानी गरेर प्रदर्शन भएको अर्को ६ महिनासम्म हिसाब गर्दै बस्ने ?’ दीपक प्रति प्रश्न गर्छन् । पछिल्लो समय विदेशी फिल्म विश्वव्यापी रिलिजसंगै नेपालको रिलिज क्यालेन्डर ठीकठाक छैन ।

पढ्नुस, दिपकको स्टाटस

संचार मन्त्रालयलाई सुझाब : चलचित्र बिकास बोर्ड बिघठन गरे हुन्छ कि ? सरकारको बिद्यमान नीति अनुसार हामिले २ करोड खर्च गरेर नेपाली भाषाको फिल्म बनाउनुको कुनै अर्थ छैन । नेपाली फिल्म खास चल्दा पनि चल्दैन । राम्रो नि हुदैन त्यहि २ करोडमा त शाहरुख खान, सलमानको फिल्म, लगायत एक से एक बिदेशी फिल्म हरू आउँछन् ।

ती फिल्महरू किनेर ल्याउने चलाउने । नेपाली फिल्म भन्दा सुरक्षित पनि छ हिन्दी फिल्म । राज्यले रातारात सेन्सर गरिदिइ हाल्छ, सुबिधा दिन्छ, हलहरूले पनि बिशेष स्थान दिन्छन् । किन टाउको दुखाउने बेकारमा ?

सबै मिलेर नेपाली फिल्म नबनाऔ बिदेशी फिल्म किनेर चलाउँ । भाषा संस्कृति भाँडमा जाओस् । ब्यापार मुख्य कुरा हो नि । त्यसपछि बिकाोस बोर्ड पनि चाहिन्न राज्यको खर्च पनि कम हुन्छ करै उठाउने काम त कर कार्यालय ले गरिहाल्छ नि होइन र ? व्यक्तिगत सुझाव हो है यो !

कमेन्ट गर्नुहोस्