खेल्ने हो ‘कबड्डी कबड्डी कबड्डी’ (भिडियो)

फिल्म । आउँदो असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत रिलिज भएको छ । र्‍याप शैलीमा तयार पारिएको गीतमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा फिचर्ड छन् । यी दुइ नै र्‍यापरको भूमिकामा देखिएका हुन् । गीतलाई पनि दुबैले मिलेर लेखेका हुन् ।

गीतका निर्देशक विजु कर्माचार्य हुन् । भने, कन्सेप्ट काली स्वयंको हो । महेश्वर श्रेष्ठको डि.ओ.पी रहेको गीतमा सञ्जिप राई र बलराम बुढाथोकीको क्यामेरा छ । भिडियोमा मनिष ढकाल र जोशुआ भोलानले नृत्य प्रस्तुत गरेका छन् । गीतको सम्पादन निर्देशक कर्माचार्य स्वयंले गरेका हुन् ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ ले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।

दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । फिल्म सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्