फिल्म । पुष्प खड्काले वर्ष २०७४ को नेशनल अवार्ड जिते । उनले नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ निर्वाह गरेको भूमिकाकै कारण अवार्ड जितेका हुन् । त्यसपछि पुष्पको अभिनय क्षमताको पनि चर्चा हुने गरेको छ । उनि दोस्रो पटक नवलकै निर्देशनमा तयार फिल्म ‘मारुनी’ मा देखिएका छन् । उनले यसमा कस्तो काम गरेका छन् त ? यो त आउँदो भाद्र १३ ले नै बताउने छ । तर पछिल्लो समय पुष्पको रोजाई नवल बन्ने गरेका छन् । यसको चर्चा फिल्म वृतमा छ । जसलाई पुष्पले आयोजित एक कार्यक्रममा प्रस्ट्याए ।
‘मलाइ यदि कसैले स्क्रिप्ट बोकेर को निर्देशक लिउ भन्नु हुन्छ भने मैले लिने नाम नै नवल नेपाल हुन्’ पुष्पले भने । किनकी पुष्पलाई अभिनेता बनाउने मात्र होइन , नेशनल अवार्ड विनर बनाउने श्रेय नै नवललाइ जान्छ । डेब्यु फिल्म ‘श्रीमान’ बाटै निर्देशीय क्षमताका कारण चर्चामा रहेका नवलले त्यसपछिका फिल्म मार्फत पनि दर्शकको मन जित्दै आएका छन् ।
पुष्पले पनि आफ्नो सपना ‘नेशनल अवार्ड’ सम्म पुर्याउने निर्देशक हुँदा हुँदै अरुको नाम किन लिउ भनेर प्रतिप्रश्न पनि गरे । तर उनले सल्लाह लिनेलाई मात्र सुझाव दिने बताए । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा साम्राज्ञीसंगै पुष्प खड्का र रेविका गुरुङको मुख्य भुमिका रहेको छ ।
फिल्ममा उनीहरुको साथै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । यो फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । फिल्मको ट्रेलर साहिल खानले तयार पारेका हुन् ।












