विवाह गर्दैछिन् ऋचा ?

फिल्म । अभिनयकै कारण चर्चामा आउने गर्छिन् ऋचा शर्मा । उनले अभिनय गरेको केहि फिल्मका क्यारेक्टरले जीवन पाएका छन् , सायद यसैले उनको चर्चा हुन्छ । नेशनल अवार्ड विनर समेत रहेकी ऋचा पछिल्लो समय प्रेमका कारण पनि चर्चामा छिन् । उनले केहि समय यता यसै वर्ष लगनगाठो कस्ने संकेत समेत गरेकी छिन् ।

उनि केही समययता राणा खानदानका युवासँगको प्रेममा छिन् । उनी प्रेम सन्तुष्टि रहेको बताउँछिन् । उनि निकटलाई आधार मान्ने हो भने आउँदो मङ्सिरमै लगनगाठो कस्ने संकेत समेत उनले गरेकी छिन् । प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा रहेकी ऋचाले यो वर्ष ‘कन्या कुमारी’ टाइटलमा फिल्म निर्माण गर्न सक्ने पनि बुझिएको छ ।

कमेन्ट गर्नुहोस्