फिल्म । आउँदो साउन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रे’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार देखाइएको छ । ट्रेलरमा अभिनेता सुनिल थापालाई डनको रुपमा चित्रण गरिएको छ भने दिवस र सुजाताको प्रेम देखाइएको छ । दिनेश पौडेलले निर्देशन तयार फिल्मलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् ।
यसमा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ भने, किशोर खतिवडाको विशेष भूमिका छ ।
कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखेको सम्पादन, महेन्द्र थापाको सम्पादनमा फिल्म तयार भएको छ ।
कमेन्ट गर्नुहोस्












