फिल्म । पछिल्लो समय सरकारले लाएको नीतिमा सबैभन्दा बढी स्वागत गरिएको नीति हो , क्लिन फिड । नेपाली दर्शकले पैसा तिरेर विदेशी च्यानलसंगै विज्ञापन हेर्ने गर्छन , जसले नेपाली बजारमा विदेशी सामानको प्रयोगलाइ बढाएको छ । नेपालमा विदेशी विज्ञापन गर्न नपाइने , गरे नेपालमै उत्पादन गरेर नेपाली कलाकार र प्राविधिकको प्रयोग हुनुपर्ने र विदेशी च्यानल विज्ञापन रहित हुनु पर्ने मांग राख्दै क्लिन फिड जारी हुनुपर्नेमा आम दर्शकले समर्थन गरेका छन् । तर क्लिन फिड लाग्छ कहिले ? यो चाँसो सबैलाई छ ।
यस विषयमामा सुचना , सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बढीमा तिन महिना भित्र लागु हुने बताए । ‘एक वर्ष लाग्छ रे भन्ने पनि सुनेको छु , केको एक वर्ष लाग्नु बढीमा तिन महिनामा लगाउछौ’ उनले भने ‘सरकारको नीतिमा आइसक्यो यसलाई अम्लंबन गर्नुको विलाल्प छैन ।’ चलचित्र विकास बोर्डको १९ औ वार्षिक उत्सवमा बोल्दै उनले सरकारले अगाडी सारेका नीति तथा योजनालाइ कडाइको साथ् लागु गर्ने बताए । साथै उनले पछिल्लो समय फिल्मकर्मीले उठाउने गरेको चलचित्र नीतिलाइ पनि कार्यन्वयन गर्ने बताए ।
‘जहाँ गएपनि नीति भन्ने सुनेको छु , सबै सिनियर फिल्मकर्मीलाई आग्रह आउनुस त्यसलाई कार्यन्वयन नै गरौ’ उनले भने । उनले सबैको सहमति भएको विषयलाई किन रोक्ने भन्दै फिल्मकर्मीलाई एक जुट भएर अगाडी बढ्न आग्रह गरे । ‘हामीले फिल्मको लागि केहि कानुन , नियमावली तयार पार्दैछौ’ मन्त्री बाँस्कोटा भन्छनन् ‘सल्लाह सुझाव के के दिनु हुन्छ दिनुस त्यहाँ तपाइको कुरा समेट्छौ ।’ उनले नीति र नियम बनिसकेपछि विरोध कै लागि विरोध नगर्न समेत आग्रह गरे । उनले यसक्षेत्रसंग जोडिएको समस्यालाई आपसी समझदारीमा समाधान गर्न आग्रह गर्दै त्यसमा सरकार सदैव तत्पर रहेको बताए ।










