फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ फिल्म ,आप्पा । यसमा आप्पा र छोरा बीचको मायालाई देखाइएको छ । फिल्ममा आप्पाको भूमिकामा दयाहाङ राई छन् भने छोराको भूमिकामा छन् सिद्धान्तराज तामाङ । उनको यो डेब्यु फिल्म हो । कालिन्ग्पोङमा बस्ने सिद्धान्तलाई यो सपना झैँ लागेको छ ।
किनकी उनले सोचेका थिएनन् , फिल्ममा अभिनय गर्छु भन्ने । स्कुले जीवनमा कक्षा ५ /६ तीर पढ्दा उनले श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए । जहाँ उनको न डायलग हुन्थ्यो न , अन्य सिन । केवल बसिरहेर अरुका कुरा सुन्थे । तर , उनको नृत्य राम्रो हुने भन्दै आफ्नै हजुरआमाबाट बस्किस भने पाउने गर्थे । ‘मलाइ नचाउनु हुन्थ्यो र २ रुपैयाँ दिनु हुन्थ्यो’ उनले बाल्यकाल सम्झिए । त्यतिबेला सिद्धान्त निकै खुसि हुन्थे । तर , उनलाई अभिनयमा भने सौख थिएँन । उनले पढाइ सकेलगतै वेटरको काम गर्न थाले ।
आफ्नो घर भन्दा केहि टाढा उनले बैंगलोरमाको एक रेस्टुरेन्टमा वेटरको काम गर्न थाले । तर , उनको ठिकठाक जीवनमा अचानक विपती आयो । उनको आप्पा रहेनन् । त्यसपछि उनि आफ्नै घर फर्किए र कालिन्ग्पोङकै एक रेस्टुरेन्टमामा आफ्नो कामलाई निरन्तरता दिए । ‘आप्पाको देहान्तपछी ममीलाई एक्लै छाड्ने सकिन , त्यसैले आफ्नै सहरमा काम गर्न थाले’ उनले बितेका दिन सम्झिए । त्यसो त उनले आप्पासँग धेरै समय विताउन पाएनन् । ‘आप्पा एक वर्षमा एक महिनाको विदामा आउनु हुन्थ्यो र उहासँग निकै डर लाग्थ्यो’ उनि भन्छन ।
त्यसो त उनले अहिले फिल गर्छन कि आप्पाको त्यो थर्काईमा पनि माया थियो र त्यो मेरै हितको लागि थियो । ‘अहिले बुझे माया दुवैको उस्तै थियो , व्यक्त गर्ने शैलीमा मात्र फरक थियो’ उनले भने । त्यसो त सिद्धान्तले बुवा प्रतिको उक्त डर अरु की नभई ‘रेस्पेक्ट’ रहेको यतिबेला बुझे । फिल्मसँग जोडिएको प्रसंगलाइ जोड्दै उनले भने ‘म अनमोलदाइलाई मलाइ हिरो लिनु न भन्ने गर्थे ।’ सिद्धान्तले काम गर्ने रेस्टुरेन्टकै अपोजिटमा निर्देशक अनमोल गुरुङको अफिस थियो । जहाँ उनि आप्पाको प्रि-प्रोडक्सनको काममा जुटेका थिए । रेस्टुरेन्टबाट मगाईने आदर लिएर सिद्धान्तनै पुग्थे । किनकी उनको र अनमोलको चिनजान राम्रो भइसकेको थियो ।

‘हाम्रो चिनजान राम्रो भईसकेको थियो त्यसैले मजाकमा हिरो नबनाउने भनेर सोध्ने गर्थे’ सिद्धान्तले सोचेका भने थिएनन् , एक दिनलाई फिल्म अफर आउछ भन्ने । ‘एकदिन अनमोल दाइले मलाइ ल फिल्म खेल्न तयार होउ भनेर भन्नु भयो , मलाइ त मजाक लाग्यो’ सिद्धान्त भन्छन् ‘मैले बारम्बार मजाक गरेको सोधे पनि तर अनमोल दाइले सिरियस हौ भनेर हप्काउनु भयो ।’
बोलेको कुरा पुग्छ भन्ने सुनेका सिद्धान्तलाई अनमोलले गरेको अफरले चिन्तित बनायो । उनले अभिनय गर्ने सोचेका पनि थिएनन् । त्यसैले टार्दै केहि समयलाई फ्यामिली टुरमा गए । तर , टुरबाट फर्किने वितिकै उनलाई अनमोलको कल आयो । ‘तिमि मेरो अफिसमा आउ र कथा सुन’ अनमोलले सिद्धान्तलाई बोलाए । उनि अफिस पुगे र कथा सुने । ‘त्यो क्यारेक्टर त मै हुँ जस्तो लाग्यो’ उनले भने । सिद्धान्तको आप्पा तामाङ भएपनि आमा भने बेन्गोली हुन् । अनमोललाई चाहिएको क्यारेक्टर पनि त्यस्तै थियो । बेन्गोली देखिने तर नेपाली केटा । त्यसपछी सिद्धान्त तयार भए अभिनय गर्न । तर , उनले अझै आफुमा सहजता देखेका थिएनन् ।
‘केहि कुरा वर्कसपबाट सिकिन्छ भन्ने भय तर मलाई धेरै कुरा अनमोल दाइले नै सिकाउनु भयो’ सिद्धान्तले भने । अनमोलको सिकाई शैलीलाई उनले उदाहरणमै बुझाए । ‘पहिला पानिमा फ्यालिदिनु हुन्छ अनि भन्नु हुन्छ , कति सक्छौ पौड’ उनि भन्छन् ‘डुब्यो भने म बचाउला तर पौड ।’ यसरि सिके सिद्धान्तले अभिनय । तर , जब उनलाई थाहा भयो ‘आप्पा’ को भूमिका दयाहाङ राईले निर्वाह गर्दैछन् , नर्भस भए ।

‘मलाइ डर लाग्यो कसरि अभिनय गर्ने भनेर किनकी दया सरलाई फिल्ममा हेरेको थिए’ उनले भने । तर उनको सबै डर वर्कसपमा हरायो । दयाले उनलाई सहज बनाए । त्यसपछि सिद्धान्तमा ‘कन्फीडेन्ट’ बढ्यो । तर त्यो पनि फस्ट डेमा डामाडोल भयो । ‘शुटिङको पहिलो दिन सेट देखेर अत्तालिए , केहि समय कोहिसँग बोलिन्’ शुटिङको अनुभव साट्दै उनले भने ‘तर विस्तारै सबै सहज हुँदै गयो ।’ उनले फिल्मलाई आप्पासँगै छोराको कथा पनि भन्छन् । मुलत जेनेरेशन ग्यापले ल्याउने समस्यालाई चित्रण गरिएको छ ।

‘पछिल्लो समय हामी आफ्नो अभिभावकसँग हिड्ननै असहज महसुस गर्छौ , तर त्यू के ठिक हो त ?’ सिद्धान्त प्रतिप्रश्न गर्छन् । उनले पनि त्यस्तो नगरेका होइनन् । ‘म आफै पनि आप्पासँग कतै जानु पर्दा अगाडी नै गन्तव्यमा पुगेर बस्थे’ उनले सम्झिए । त्यसो त उनले त्यतिबेला के बोल्ने , कसरी फेस गर्ने भन्ने सोचका कारण त्यसो गरेको बताए ।

फिल्मले एउटा आप्पा र छोराको सम्बन्धको उतार चढावलाई राम्रोसँग देखाइएको बताए । अनमोलको डेब्यु निर्देशन रहेको फिल्ममाउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् ।










