‘जाइरा’पोष्टरमा नम्रता

फिल्म । आफुले पाएको भूमिकालाई न्याय गर्ने कलाकारमा पर्ने नम्रता श्रेष्ठ अभिनित फिल्म ‘जाइरा’ फिल्मको पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा नम्रता रिसाएकी छिन् भने उनि रिङ्गमा छिन् । लेडी फाइटर देखिएकी नम्रताले फिल्मकै कपाल छोट्याएर चाहिने ट्रेनिङपनि लिएकी थिइन् ।

भदौ ६ गते रिलिज हुने फिल्ममा नायिका श्रेष्ठ मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् । यसमा सम्राट मगर नम्रताको कोचको भूमिकामा छन् । अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेकोछ । निर्देशक आशुतोष श्रेष्ठले आफु खेलसँग निकै नजिक रहेकोले फिल्म बनाउने इच्चा उत्त्पन्न भएको बताए । ट्रेन्ड सेटर्स र नम्रता श्रेष्ठ प्रोडक्सनको ब्यानरमा निर्मित यसफिल्मको कथा निर्देशक श्रेष्ठ आँफैले लेखेका हुन् ।

लोकेश बज्राचार्यले यसको सम्पादन गरेका छन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’को स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डिओपी बाबु श्रेष्ठको रहेको छ ।

कमेन्ट गर्नुहोस्