अभिनय गर्ने अवसर !

फिल्म । पछिल्लो समय नेपाली फिल्मका लागि कलाकार चाहिएको भन्दै निर्माता तथा निर्देशकले ‘कास्टिङ कल’ गर्न थालेका छन् । यसै क्रममा निर्माता तथा निर्देशक अपिल बिष्टले नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनामा आधारित फिल्म ‘दासढुंगा’को दोस्रो भाग निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा गरेको केहि समयपछी उनले ‘कास्टिङ कल’ गरेका छन् । स्वर्गीय नेता भण्डारीको पुण्य तिथिको अवसर पार्दै विभिन्न भूमिकाको लागि कलाकारको खोजि भइरहेको एक विज्ञप्ती मार्फत निर्माण टिमले जानकारी गराएको छ ।

सन् २०१० मा निर्माण भएको फिल्मलाई निर्देशक मनोज पण्डितले निर्देशन गरेका थिए भने ‘दासढुंगा च्याप्टर २’लाई कुमार भट्टराईले निर्देशन गर्दैछन् । दासढुंगा काण्डपछि त्यसको प्रत्यक्ष असर परेका क्षेत्रको कथालाई यसपटक देखाइनेछ । ‘हामीले अनुसन्धानका निमित टिम समेत तयार गरेका छौ’ निर्माता अपिल विष्ट भन्छन् ‘हामीले फिल्म राम्रो बनाउन सक्दो प्रयास गर्नेछौ ।’

केही नयाँ अनुहारको पनि आवश्यकता परेकाले हामीले कलाकार छनोटका लागी अडिसन आव्हान गरेको निर्देशक भट्टराईले बताए । यस्तै, फिल्मको सहायक निर्देशक, कला निर्देशक, सिजिआई निर्देशक, साउण्ड डिजाइनर तथा अन्य प्राविधिक, बाल कलाकार, थिएटर व्यागराउण्ड कलाकारको लागी अडिसन आव्हान गरिएको हो ।

अपिल विष्ट फिल्मसको प्रस्तुति रहने फिल्मसँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने फिल्ममा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । यसमा सह-निर्मातामा प्रदीप आचार्य रहेका छन् ।

कमेन्ट गर्नुहोस्