निर्देशकले छाडे अक्षयको फिल्म

फिल्म । बलिउडका खिलाडी एक्टर अक्षय कुमार १२ वर्षपछी आफ्नो हरर कमेडी जनरमा फर्किएका छन् । पछिल्लो फिल्म भुलभुलैया रिलिजपछी त्यस किसिमको फिल्ममा नदेखिएका अक्षयले यसैवर्ष ‘लक्ष्मी बोम्ब’ नामक फिल्ममा काम गर्ने भएका छन् । साउथ इण्डियन हरर कमेडी फिल्म ‘कंचना’ मन पराएका अक्षयले यसै फिल्मको रिमेकमा काम गर्न लागेका छन् । उनि फिल्ममा कलाकारसँगै निर्माता मध्यका एक पनि हुनेछन् ।

उनले आफु यसकिसिमको फिल्ममा देखिने तयारी गरिरहदा निकै खुसि लागेको बताएका छन् । फिल्ममा अक्षयसँगै कियारा अडवाणी र आर माधवन पनि देखिनेछन् । निर्माण पक्षले माधवनलाई फिल्मको अफर गरेको छ भने कियारा पक्का भईसकेकी छिन् । फिल्मको छायांकनको तयारी भइरहदा निर्देशकले फिल्म छाडेका छन् । कंचनाको समेत निर्देशक रहेका राघव लोरेन्सले स्क्रिप्टमा हस्तक्षेप गरेको भन्दै निर्देशन नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो गुनासो समेत पोखेका छन् ।

कमेन्ट गर्नुहोस्