फिल्म ।अन्तराष्ट्रिय स्तरमा सेलिब्रेटिका लागी सर्वाधिक चासोको रुपमा हेरिएको फिल्म फेष्टिभल हो, ‘कान्स फिल्म फेस्टिबल’। यसमा कुन सेलेब्सले कस्तो ड्रेस लगाउछन् ? कसको जोडी को बनेर पुग्छन ? यस्ता जिज्ञाषाले गसिपको रुप लिने गर्छ । यस वर्ष यो फिल्म फेस्टिभलको ७२ औ संकरण फ्रान्समा सुरु भैसकेको छ । जहाँ विश्वभरका सेलिब्रेटीले आफ्नो उपस्थिति जनाइरहेका छन् । यसपटक फेस्टिभलमा नेपालबाट प्रियंका कार्की उपस्थित हुने भएकी छिन ।
समय अनुसार आफुलाई परिवर्तन गर्दै आएकी यी पपुलर एक्ट्रेसले मे २० तारिकका दिन अर्थात् सोमबार रेड कार्पेटमा सहभागिता जनाउने छिन् । केहि समय अगाडी नै आयोजकबाट निम्तो आएपछि प्रियंकाले आफ्नो ड्रेस लगायतका विभिन्न तयारी थालिसकेकी छिन । ‘खुसि छु किनकी नेपालको प्रतिनिधित्व गर्दैछु अनि डर छ किनकी ठुलो जिम्मेवारी छ’ उनले भनिन् ‘आफ्नो उपस्थितिलाई सार्थक बनाउने प्रयास रहनेछ ।’ उनि छिटै नै त्यसतर्फ प्रस्थान गर्दैछिन् ।










