‘छक्का पञ्जा ३’ ले साट्यो फिल्मकर्मी र मिडियाकर्मीसँग खुसियाली

फिल्म । यसवर्षको ब्लकबष्टर फिल्म ‘छक्का पञ्जा ३’ ले ५१ औ दिन पार गरेको खुसियाली फिल्मकर्मी तथा मिडियाकर्मीसँग साटेको छ । अघिल्लो पटक झैँ यसपटक पनि निर्माण युनिटले सफलतालाई भव्यरुपमा साटेका छन् । आयोजित ‘सक्सेस पार्टी’ मा ५१ औ दिन पार गर्ने उपत्यकाका ९ हल र उपत्यका बाहिरका ४ हललाई सम्मान पत्र प्रदान गरिएको थियो भने फिल्म युनिट र पत्रकारलाई पनि सम्मान पत्र दिईएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ दीपक र दीपालाई शुभकामना दिनुभयो ।

‘फिल्म हेर्ने दर्शकलाई हलसम्म ल्याउने खुवी छ’ मदनले भने ‘दीपा र उनि सहितको टिमलाई अझै सफलताको कामना ।’ उनिसँगै कार्यक्रममा रहेका वरिष्ठ फिल्मकर्मी नीर शाहले पनि दीपाको कामको प्रसंसा गरे । ‘दीपाले ह्याट्रिक गर्दै आफुलाई सफल निर्देशक बनाइसकेकी छिन’ उनले भने ‘टिमवर्कले दिने सफलताको रिजल्ट छक्का पञ्जा ३ हो ।’ यसैगरी फिल्मका लेखक तथा कलाकार दीपकराज गिरीले नेपाल अत्याधिक कमाउने फिल्म नेपाली नै रहेको बताए ।

‘नेपालमा हाम्रै फिल्मले धेरै कमाउछ’ उनले भने ‘त्यसैले हाम्रो फिल्म प्राथमिकतामा पर्नु पर्छ ।’ निर्देशक दीपाश्री निरौला, कलाकारहरु जितु नेपाल, केदार घिमिरे, बर्षा राउत , संजोग कोइराला फिल्म युनिटको रुपमा उपस्थित थिए । यसैगरी निर्देशक अशोक शर्मा , उज्वल घिमिरे , निर्माता केशव भट्टराई , छविराज ओझा , कलाकार निर्मल शर्मा , रमेश उप्रेती , प्रशान्त ताम्राकार , रमेश बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी चलचित्र विकास बोर्डका नव नियुक्त सदस्यद्वय नरेन्द्र महर्जन र दयाराम दाहाल पनि कार्यक्रममा उपस्थित थिए । फिल्मकर्मीको उपस्थिति देखेर दीपाले आफुले कमाएको विश्वास र माया रहेको बताइन । ‘हाम्रो कमाइ नै यहि हो फिल्मकर्मीको माया अनि दर्शकको मायासँगै विश्वास’ उनले भनिन ।

कमेन्ट गर्नुहोस्