किरण भन्छन् ‘दर्शकको प्रतिक्रियाले दंग छौ’

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले सुखद सुरुवात गरेको छ । फिल्मले मल्टिप्लेक्समा उच्च शो पाएको छ भने शुक्रबारको अकुपेन्सी राम्रो रहेको प्रस्तुतकर्ता तथा कलाकार किरण केसीले बताएका छन् । राजधानी स्थित क्युएफएक्स , बिग मुभिज , सिने डी सेफ , एफक्युब , क्युज सिनेमाज लगायतमा केहि शो सोल्ड आउटनै भएका छन् भने अधिकांस शो अकुपेन्सीको हिसाबले ९० प्रतिशत भन्दा माथि रहेको किरणले बताए । ‘दर्शक हाम्रो लागि भगवान हुन् , उहाको आशिर्वाद हामीले पाएका छौ’ किरण भन्छन् ‘फिल्मलाई दर्शकले रुचाउनु भएको छ , हामीले हलमै पुगेर प्रतिक्रिया लिईरहेका छौ ।’ किरण सहित फिल्म युनिट विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिईरहेका थिए भने शनिवार पनि दर्शकलाई भेट्न हलमा पुग्नेछन् । ‘हामी शनिवार दिनभर नै दर्शकसँग साक्षात्कार गर्ने छौ’ उनि भन्छन् ‘गोपीकृष्ण , अष्टनारायण , गुणसँगै मल्टिप्लेक्समा दर्शकलाई भेट्न हामी आउनेछौ ।’ फिल्मले मल्टिप्लेक्ससँगै सिङ्गल स्क्रिनमा पनि सुखद व्यापारको सुरुवात गरेको छ भने दिउसो केहि बेर पानिको प्रभाव परेको थियो । किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , शिवहरी पौडेल, बसुन्धरा भुसाल , रविन तामाङ , किरण केसी , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ । यसमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।
कमेन्ट गर्नुहोस्