फिल्म । जात्राको सिक्वेल फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले फिल्मको विषयवस्तुलाई प्रस्ट्याएको छ । फिल्ममा निकै चर्चामा रहेको ‘३३ किलो सुन काण्ड’ लाई जोडिएको सहजै अनुमान लगाउन सकिन्छ । घटनाबाट प्रभावित भएर फिल्म निर्माण भएको हुन् सक्ने ट्रेलरका केहि दृश्यले संकेत गर्छ । सामान्य व्यक्तिले सुन पाएपछि आउने परिस्थितिलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् । फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । यो फिल्म करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल हो । यसैबाट भट्टराईले निर्देशनमा डेब्यु गरेका थिए ।
आउँदो जेठ ३ गते प्रदर्शनमा आउने फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।











